कांग्रेस पहिलेभन्दा व्यवस्थित बनेछ : नेता खनाल

 कात्तिक १६, २०७५ शुक्रबार १६:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेपाली कांग्रेस अहिले व्यवस्थित बनेको भन्दै प्रशंसा गर्नुभयो ।

नेपाली कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा नेता खनालले पहिले भद्रगोल रहेको कांग्रेस अहिले व्यवस्थित देखिएको बताउनुभएको हो ।

‘नेपालको राष्ट्रिय राजनीतिमा मैले नेपाली कांग्रेस कहाँ गयो भनेर खोज्दै थिएँ, आज बल्ल चियापानमा कांग्रेसलाई भेट्ने मौका मिल्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले कांग्रेस पहिलेको भन्दा निकै व्यवस्थित बनेको मैले पाएँ ।’

अब देशलाई समृद्ध बनाउनुको कुनै विकल्प नरहेको भन्दै उहाँले त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एक भएर देशलाई सपार्न लाग्नुपर्ने बताउनुभयो ।  
‘अहिले हाम्रो पार्टी एकीकृत हुँदै छ,’ उहाँले भन्नुभयो, ‘एकीकृत भइसकेपछि सरकारले गति लिन्छ । देश समृद्ध बन्छ ।’

पार्टीभित्र कुनै पनि बेमेल नरहेको भन्दै उहाँले पार्टी एकीकृत गर्न थोरै समय मात्रै लागेको बताउनुभयो । दुई तिहाइको सरकारले जति गर्नुपर्थ्याे त्यो अलि गर्न नसकेको भन्दै उहाँले अब पार्टी एकीकृत भएपछि सरकारको कामले पनि गति लिने दावी गर्नुभयो । 

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया