रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरब...
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।
निर्मला पन्तको हत्यारालाई कारबाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकार विरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनु परेको पार्टीका संयोजक डा. भट्टराईले जानकारी दिनु भयो । बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिनुभयो ।
नयाँ शक्ति पार्टी, नेपालले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ । राष्ट्र र जनताको पक्षमा जनमत सिर्जना गर्न यो जागरण अभियान संचालन गर्न लागिएको पनि संयोजक भट्टराईले बताउनुभयो ।
यसैबीच, नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै निर्मला पन्तको हत्यारालाई अभिलम्ब पक्राउ गरी कडा कारबाही गर्न पनि सरकारलाई पुनः दबाब दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।