कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी
मंसिर १४, २०८० बिहिबार
काठमाण्डौ - काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो ।
हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी गीतहरु घन्किए ।
भोजपुरको छिनामखुमा जन्मनुभएका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । २०२४ सालमा गाउँबस्तीका भाका र आवाजमा रेडियो नेपालमा गीत रेकर्ड गरेर व्यावसायिक साङ्गीतिक यात्रा शुरु गरेका उहाँको आज पनि गीत सङ्गीतमा उहाँको उत्तिकै लगाव छ ।
५६ वर्षको लामो साङ्गीतिक यात्रामा उहाँले घरबेटी नानी, रातो भाले खोएँ खोएँ, धेरै सम्झे धेरै हुन्छ, हट्ने होइन डटी लड्ने, तराई हेर कति राम्रो लगायतका तीन सयभन्दा धेरै गीतहरु गाइसक्नुभएको छ । चेतनामूलक र सकारात्मक सन्देश बोकेका गायक रसिकका गीतले लोकलयका भाका, अमर आधुनिक गीत र मनछुने प्रेमिल विम्बको संरक्षणमा टेवा पुगेको छ ।
गाउँले भाका, जनजिब्रोका शब्द, मनछुने कथा र भोगाइलाई सङ्गीतमा उतार्न सक्ने खुबी भएका गायक रसिकको काम र योगदान शब्दमा वर्णन गरेर सकिँदैन भन्नुहुन्छ, गायिका झुमा लिम्बु । गीत, सङ्गीत र साहित्यमा गर्विलो इतिहास बनाउन सफल गायक रसिकका गीतसङ्गीतले मनोरञ्जनसँगै सामाजिक जागरण र रुपान्तरणको लागि पनि ठूलो भूमिका खेल्दै आएको छ ।
उहाँका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् ।