भारतले पाकिस्तानी खेलाडीकाे भिसामा ढिलाइ गर्दा समस्या, विश्वकप प्रभावित हुने चेतावनी

 असोज ८, २०८० सोमबार १९:५४:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतले भिसामा ढिलाइ गर्दा विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोली समस्यामा परेको छ ।

पाकिस्तानी टोली भारत प्रस्थान गर्न अब दुई दिनभन्दा पनि कम समय रहेको छ । तर भारतले अहिलेसम्म भिसा नदिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति कडा असन्तुष्टि व्यक्त गरेको क्रिकइन्फाेले जनाएकाे छ । पाकिस्तानले विश्वकपको तयारीमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ ।

टोली बुधवार बिहानै पाकिस्तानबाट उड्ने तालिका भए पनि सोमवार काम गर्ने समय बन्द हुँदा टोलीलाई भिसा जारी गरिएकाे छैन । पाकिस्तान बोर्डले यस विषयमा आईसीसीसँग सम्पर्कमा रहेको र गुनासोसहितको पत्र लेखेको जनाएको छ । पत्रमा भनिएको छ, ‘पाकिस्तान यस्तो असमान व्यवहार भएको एकमात्र टोली हो । भारतको यस्तो व्यवहार सह्य हाेइन ।’

इमेलमा पीसीबीले आईसीसीलाई विश्वव्यापी निकायले यो समस्या समाधान गर्न के कदम चाल्न चाहन्छ भनेर सोधेको छ । पीसीबीले टोलीलाई यात्राका लागि समयमा भिसा उपलब्ध गराउन नसक्दा विश्वकप आयोजना गर्ने सम्झौताको उल्लङ्घन हो कि होइन भन्ने प्रश्न पनि उठाएको छ ।

गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो । पाकिस्तानले बुधवार बिहान दुबईका लागि उडान भर्ने छ, त्यहाँ ट्रान्जिटपछि बुधवार बेलुकी हैदराबादका लागि यात्रा गर्ने तालिका छ । पाकिस्तानले आफ्नो पहिलो अभ्यास खेल शुक्रवार हैदराबादमा न्युजिल्यान्डसँग खेल्दैछ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया