नेपालले अन्तर्राष्ट्रिय अदालतसँग जलवायु न्याय माग्यो
मंसिर २५, २०८१ मंगलबार
काठमाण्डौ – भारतीय क्रिकेटर रिद्धिमान साहाले सन्न्यासको घोषणा गरेका छन् । उनले ट्वीटर भनिने सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।
यस सिजनको रणजी ट्रफी नै आफ्नो खेलजीवनको अन्तिम सिजन हुने उनले बताएका छन् । साहाले भारतीय राष्ट्रिय क्रिकेट टोलीबा ४० टेस्ट म्याचमा एक हजार ३ सय ५३ रन बनाएका छन् ।
त्यस्तै उनले भारतीय टिमबाट ९ एकदिवसीय खेल खेलेका छन् । साहाले सन् २०२१ मा भारतका लागि अन्तिम टेस्ट म्याच खेलेका थिए । त्यस्तै उनले २०१४ मा भारतका लागि अन्तिम एकदिवसीय खेल खेलेका थिए ।
उनी इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबाट खेलिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।