मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन विज्ञको सुझाव

 कात्तिक १७, २०७५ शनिबार १८:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थयको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।

बालबालिका र किशोर किशोरीको मानसिक रोग सम्बन्धी काठमाडौंमा भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरुले बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी लगानी गर्न सुझाव दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा भएको सम्मेलनले ११ बुँदे घोषणपत्र जारी गर्दै मानसिक स्वास्थ्यको विविध पक्षलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको हो ।

नेपालमा पहिलो पटक भएको अन्तर्राष्ट्रिय सम्मेलनमा स्वदेशी र विदेशी गरी २ सय १७ जना विशेषज्ञहरुको सहभागिता थियो । सम्मेलनमा बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यको समस्याका सम्बन्धमा गरिएको अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया