झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

 असोज २१, २०८० आइतबार १४:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

झन्डै १८ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियरले मधेस प्रदेशकाे आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्कासमेत सात जनाविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै प्रतिष्ठानका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भन्डारी र सदस्य देवेन्द्र रायलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो । नेपाल सरकारबाट जुन प्रयोजनका लागि लिएको रकम त्यसमा काम नगरि अन्यत्रै लगानी गरेर हिनामिना गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया