श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट

 मंसिर १३, २०८१ बिहीबार १८:११:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – दक्षिण अफ्रिकासँगकाे पहिलाे टेस्ट क्रिकेटकाे पहिलाे पारीमा श्रीलङ्का ४२ रनमै अलआउट भएकाे छ ।

दक्षिण अफ्रिकाकाे डरबनमा खेलकाे दाेस्राे दिनकाे खाना समयपछि श्रीलङ्का ८३ बलमै ४२ रनमा समेटिएकाे हाे । श्रीलङ्काका कमिन्दु मेन्डिसले सबैभन्दा धेरै १३ रन बनाए । श्रीलङ्काका ५ जना खेलाडी शून्य रनमै आउट भए । दक्षिण अफ्रिकाका मार्काे यानसेनले ७ विकेट लिए । टेस्ट क्रिकेटमा श्रीलङ्काकाे याे सबैभन्दा कम रन हाे ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिकाले १ सय ९१ रन बनाएकाे थियाे । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ७० रन बनाए । दक्षिण अफ्रिकाका अशिथा फर्नान्डाे र लाहिरु कुमाराले ३/३ विकेट लिए ।

घरेलु टाेली दक्षिण अफ्रिका र श्रीलङ्काबीच दुई वटा खेलकाे टेस्ट शृङ्खला भइरहेकाे हाे ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया