कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँकाे लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भई काम शुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ ।
अहिले महानगर क्षेत्रभित्र झन्डै एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।
महानगरका अनुसार अहिले वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ चार करोड ५५ लाख रुपैयाँमा काम भइरहेको छ । वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर २ को लाजिम्पाट, वडा नम्बर ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डका लागि १० करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।
साथै वडा नम्बर २८ को प्रदर्शनीमार्गमा काम शुरु भइसकेको छ । यसको लागत तीन करोड ७८ लाख रुपैयाँ रहेको छ । वडा नम्बर ११ को त्रिपुरेश्वरदेखि वडा नम्बर २२ सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग १८ करोड रुपैयाँमा सम्झौता भइसकेको निर्देशक राईले जानकारी दिनुभयो ।
महानगरको वडा नम्बर ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि छ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको छ । वडा नम्बर ३२ को तीनकुनेदेखि वडा नम्बर ९ सिनामङ्गल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गा हुँदै वडा नम्बर ८ को गौशालासम्मका लागि छ करोड ६९ लाख रुपैयाँमा सम्झौता भएको छ । त्यसैगरी वडा नम्बर १० नयाँ बानेश्वरदेखि वडा नम्बर ९ पुरानो बानेश्वरसम्मका लागि तीन करोड २३ लाख रुपैयाँ बजे विनियोजन गरिएको छ ।
वडा नंम्बर २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोला हुँदै वडा नम्बर ९ को सिनामङ्गल सडक खण्डका लागि १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
साथै वडा नंम्बर १३ को कालीमाटीदेखि सोल्टीमोड हुँदै वडा नम्बर १४ को कलङ्कीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नम्बर ७ को चावहिलसम्म, वडा नम्बर ८ गौशालादेखि वडा नम्बर ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम शुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।