सरकारका पछिल्ला गतिविधिले धेरै नेपालीको मन रुवाएको छ : राजेन्द्र पाण्डे

 असोज २१, २०८० आइतबार १६:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । व्यक्ति हत्याजस्तो अपराधमा संलग्नलाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपालीको मन रोएको उहाँको भनाइ थियो ।

आज आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महँगी नियन्त्रण, विकास खर्च, देशको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘सङ्घीयतालाई कमजोर बनाउने गतिविधि अहिले पनि भइरहेकाे छ । व्यक्ति हत्यामा संलग्नलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौँ । अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिइरहेका छैनौँ । विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यति हुन सकिरहेकाे छैन । महँगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौँ । यस्ता खालको कुराहरूमा विशेष ध्यान पुर्‍याउन जरुरी छ ।’

सांसद पाण्डेले विद्यालय शिक्षा विधेयकलाई पूर्णता दिने र देशमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने काममा सिँगो संसद् एक हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया