विद्युत् विधेयकमा गाेकर्ण विष्टकाे आशङ्का– ‘कतैबाट प्रेरित बन्न पुग्यो कि ?’

 असोज २१, २०८० आइतबार १७:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले) का सांसद गोर्कण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको विद्युत् विधेयक कतैबाट प्रेरित भएर 'ड्राफ्ट' भएको आशङ्का गर्नुभएको छ ।

आज आइतवार प्रतिनिधिसभा बैठकमा विद्युत् विधेयक २०८० माथिको छलफलमा सांसद विष्टले विधेयक कहीँबाट प्रेरित भएर 'ड्राफ्ट' भएको आशङ्का गर्नुभएको हो । उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको जिकिर गर्नुभयाे । कुनै समयमा गरिएको सम्झौता र सर्तहरूलाई प्राथमिकतामा राखेर विधेयक 'ड्राफ्ट' गरिएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘एकातिर प्रतिस्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरि पनि सोझै सम्झौतामार्फत पाँच मेगावाट विद्युत् पनि दिन सकिने गरी प्रावधान राखिएको छ । यसले कुनै न कुनै हिसाबले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ । २०६५ सालमा पनि पर्याप्त प्रावधानसहित संसदमा याे विधेयक प्रस्तुत गरिएको थियो । त्यसपछि पनि विभिन्न महत्त्वपूर्ण विषयलाई समेटेर संसदमा प्रस्तुत गरिएको थियो । ती यावत् विषयहरूलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ । अहिले कुनै न कुनै हिसाबले यो विधेयक कहीँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि ? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि ? वा कुनै समयमा गरिएको सम्झौता र सर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशङ्का छ ।’

सांसद विष्टले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया