काठमाण्डाै महानगरकाे याेजना– बर्सेनि ५ हजार जनालाई राेजगारी दिने

 असोज २१, २०८० आइतबार १८:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले बर्सेनि कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गाैरव योजना ल्याइएको जानकारी दिनुभएकाे छ । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै 'प्लेटफर्म' मा ल्याई श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र रोजगारदातालाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित  श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको हो ।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली याे याेजनामा आबद्ध हुन सक्ने मेयर शाहले बताउनुभएकाे छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया