इजरायलमा समस्यामा परेका नेपालीले कहाँ कसलाई सम्पर्क गर्ने ?

 असोज २२, २०८० सोमबार ८:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र र समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्न सरकारले सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको हो ।

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ । यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ  ।

साथै तेल अभिभस्थित नेपाली राजदूतावास कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर ९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमेलहरु  [email protected][email protected] पनि उपलब्ध गराएको छ । 

यस्तै इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । 

https://forms.gle/415GMXE2bZVEoBcR7  बाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ ।

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया