आज विश्व दृष्टि दिवस : ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराकासाथ मनाइँदै

 असोज २५, २०८० बिहीबार ७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा चेतनामूलक कार्यक्रम हुँदैछन् ।

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले कार्यस्थलमा आँखालाई माया गरौँ भन्ने नारासहित सप्ताहव्यापी रुपमा चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरी विश्व दृष्टि दिवस मनाउन लागिएको बताउनुभयो । आँखामा अन्धोपन ल्याउने मुख्य कारक मोतीबिन्दु हो ।

मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ । त्यस्तै, उच्च रक्तचाप हुँदा, सुगर हुँदा दृष्टि मधुरो हुँदै जाने जोखिम हुन्छ । नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेको छ । यो उमेर समूहका अधिक मानिस मोतिबिन्दुबाट पीडित हुने गरेका छन् ।

आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलबिन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धोपन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ । शरीरमा कुनै पनि स्वास्थ्य समस्या नदेखिए पनि ६/६ महिनामा आँखाको दृष्टि जचाउन विज्ञको सुझाव छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया