बझाङमा १६ गतेको भूकम्पपछि अहिलेसम्म झण्डै ५ सय पटक परकम्प

 असोज २५, २०८० बिहीबार ८:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बझाङमा गएराति परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर राति १२ बजेर २२ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार सदरमुकाम चैनपुरबाट ५ दशमलव ३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर परकम्प गएको हो । उहाँका अनुसार बझाङमा निरन्तर परकम्प गइरहेका छन् ।

बझाङमा १६ गते मङ्गलवारको भूकम्पपछि अहिलेसम्म सानाठूला गरी झण्डै ५ सय पटक परकम्प गएका छन् । तीमध्ये ४ रेक्टर स्केलमाथिका १४ वटा र ५ रेक्टरस्केलमाथिका ५ वटा छन् । १६ गते मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

लगत्तै दोस्रो पटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले एक जनाको ज्यान गएको थियो भने केही घाइते भएका छन् । ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा. भट्टराईले जानकारी दिनुभयो ।

परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन पनि उहाँको आग्रह छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् । 

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया