चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – आन्तरिक विवाद चर्किंदा नेपाली कांग्रेस केन्द्रीय समिति बैठक समेत बस्नमा ढिलाई भइरहेको छ ।
केन्द्रीय समिति बैठक बस्न नसक्दा भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विधान पारित भएको छैन । विधान पारित नहुँदा नेविसंघको आगामी महाधिवेशन नै अन्यौलमा परेको छ ।
त्यससँगै विधान संशोधनको काम सकिएको छैन भने अनुशासन समिति र संसदीय समिति गठन हुन नसक्दा कांग्रेसका गतिविधिहरु ओझेलमा परेका छन ।
कांग्रेसको आन्तरिक विवाद र गुटगत राजनीतिका विषयमा विष्णु विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग गरेको कुराकानीको सम्पादित अंश :
दसैँपछि तिहार आइसक्यो । यस कारण केही ढिलाई भएको हो । अब चाँडै बस्छ । बैठकमा सबैभन्दा महत्वपूर्ण विषय विधानको संशोधन मस्यौदाबारे छलफल हुनुपर्ने हो । तर समितिले नै विधानलाई अन्तिम रुप दिई नसकेको हुनाले बैठक बस्नमा केही ढिलाई भएको हो । अब त्यो काम पनि समितिले सकिसकेको जानकारी पाएका छौं ।
अब ढिला नहोला । किन भने मंसिर ५ देखि ९ गतेका लागि तोकिएको महासमिति बैठक सम्पन्न गर्नकै लागि तिहार अघिसम्म नै केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ ।
लगातार रातदिन नभनिकन बैठक नबसी महासमिति बैठक प्रभावित हुन सक्छ । यसअघि एक पटक महासमिति बैठक सारिसकिएको छ । अब कुनै हालतमा महासमिति बैठक सार्न हुँदैन ।
त्यसैले तोकिएकै समयमा महासमिति बैठक गर्नका लागि तिहारमा पनि बैठक बस्नुपर्ने आवश्यकता देखिएको छ । फेरि विधानलाई टुंगो लगाउनुपर्ने, नेविसंघको विधान पारित गर्नुपर्ने निकै महत्वपूर्ण विषय भएकाले पनि तत्कालै बैठक बस्नुपर्ने भएको छ ।
यो पनि हो । अनुशासन समिति जस्तो न्याय, विवेक र निष्पक्ष रहनुपर्ने समितिको गठन सहमतिमै हुनुपर्छ भन्ने हाम्रो धारणा हो । तर सहमति खोज्ने प्रयास भएको देखिँदैन ।
यो गुट, त्यो गुट भनेर भागबण्डा गर्नुहुन्न भन्ने हाम्रो जोड हो । सहमति खोजौं । व्यक्तिभन्दा पनि सहमतिपूर्ण निष्कर्षमा अनुशासन समिति गठन होस भन्ने हामी चाहन्छौं ।
अहिलेसम्म सहमतिको प्रयत्न भएको मैले पाएको छैन ।
तीन जना दुईजना भन्दा पनि अनुशासन समिति अरु समिति जस्तो होइन । कसैलाई पनि मोहरा बनाएर कार्यकर्तामाथि आक्रमण गर्ने ठूलो षडयन्त्र र नियतहरु पनि हुन सक्छ । त्यसकारण सभापतिकै नजिकको व्यक्ति समिति संयोजक भएपनि कम्तीमा व्यक्तिमा सहमति त खोजौं ।
यो व्यक्ति, त्यो व्यक्ति, यो गुट, त्यो गुटभन्दा पनि सबैले मान्ने व्यक्तिलाई समिति संयोजक बनाऔं भन्ने हाम्रो जोड हो । यसो गरियो भने मात्रै समितिले विवेकले काम गर्छ, न्याय दिन्छ, न्यायिक निर्णयको प्रक्रियामा विधिसम्बत ढंगले परिचालन हुन्छ भन्ने हाम्रो विश्वास हो । त्यसैका लागि सहमति खोजौ भन्ने हाम्रो भनाई हो ।
लज्जाको विषय मान्नु पर्ने केही कारण छैन । यस्ता किसिमका समितिहरु गठन विघटनका प्रक्रियामा केही मतभेदहरु हुन्छन । यो विगतमा पनि हुन्थ्यो, अहिले पनि छ, भोलि पनि हुन्छ ।
तर केन्द्रीय समिति बैठक नबस्दा नेविसंघको महाधिवेशन नै हुन्छ कि हुँदैन भन्ने चिन्ता बढेको छ । यसले पनि केन्द्रीय समिति बैठकमा ढिलाई गर्नुहुन्न भन्ने मेरो दृष्टिकोण हो ।
म अहिले झण्डै २१ वर्षदेखि केन्द्रीय कार्यसमितिमा रहँदै आएको छु । भ्रातृ संस्थाहरुको विधान भ्रातृ संस्थानहरुले नै निर्माण गर्ने र त्यसको स्वीकृति केन्द्रीय समितिले दिने भन्ने छ । तर त्यही विधान भ्रातृ संस्थाले सर्वसम्मत ढंगले पारित गर्दा केन्द्रीय समितिमा ‘नोट अफ डिसेन्ट’ राखिन्छ ।
भ्रातृ संस्थाहरुले सर्वसम्मत पारित गरेको विधान पन्छाएर अर्को विधान प्रस्तुत गर्दा पनि अहिले अप्ठ्यारो सिर्जना भएको हो । त्यसैकारण अनुशासन समिति, संसदीय समिति गठन हुँदा नै छलफल र सहमति खोजौं भन्ने मेरो जोड हो ।
पार्टीभित्र वादविवाद र गुट उपगुट हुन्छन् । तर सिद्धान्त, प्रक्रिया र पार्टीको संस्थागत ढंगबाट विवादित विषय टुंग्याउनुपर्छ ।
तिहार अघि नै यी विषयमा छलफल शुरु गरिहाल्नुपर्छ भन्ने मेरो धारणा हो । अब महासमिति बैठक फेरि पनि सार्ने, सर्ने कुराहरु आएका छन । तर बैठक सार्नुहुन्न भन्ने पक्षमा म छु ।
अब देउवा जीलाई कसैले प्रभाव पार्न सकेको भए, उहाँलाई कसैले सहमति गराउन सकेको भए कांग्रेस यसरी ‘दुर्घटना’मा पर्ने थिएन । यो नाजुक अवस्थामा पुग्ने थिएन । मैले जे सोच्छु, जे गर्छु त्यही ठीक छ भन्ने उहाँको प्रवृत्ति छ ।
म पार्टी सभापतिलाई मात्रै दोष दिन चाहन्न । तर फेरि सबैभन्दा बढी दोषी देउवा जी नै हो । दोश्रो नम्बरमा महामन्त्री, तेश्रो नम्बरमा पदाधिकारी र चौथो नम्बरमा म जस्ता संसदीय समितिका नेताहरु पनि दोषी हौ ।
जसले नीति निर्माणमा सहभागी हुन पाउँथे । तर मैले नै भन्नुपर्दा समानुपातिकको सूची नै थाहा नपाइकन गयो । संसदीय समितिलाई कुनै जानकारी र छलफलसम्म भएन । तर म पनि जिम्मेवार हुँ नि । त्यसैकारण एकहोरो दोषारोपण गरेर आफू उन्मुक्त हुन चाहन्न ।
हामी विकल्प खोज्छाैं । महाधिवेशन आएपछि विकल्प खोज्छौं । त्यसका लागि छलफल गरिरहेका छौं । विधिसंगत ढंगले पार्टी चल्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।
कांग्रेसले २०५१ मा चुनाव हारेकै हो । २०६४, २०७० र अहिले आएर २०७४ सालमा पनि चुनाव हार्यौं । अब २०७९ मा हामी कांग्रेसलाई पहिलो पार्टी बनाएर देखाउछौं । त्यसका लागि हामीले नेतृत्वको तयारी गरिरहेका छौं । आगामी महाधिवेशनबाट नयाँ नेतृत्व नै आउँछ ।
अहिले म यति भन्न चाहन्छु, नेतृत्वको चिन्ता नलिनुस् । हामी पार्टीभित्र जो सुधारवादी छौँ । अहिले हामी प्रत्येकले कुनै महत्वाकांक्षा लिएर म के हुन्छु भनेर होइन ।
अबको चार वर्षपछि पहिलो स्थानमा कसरी पुर्याउँछु भनेर सोचौं । एउटा त्यो निश्चित मिसन अर्थात लक्ष्य निर्धारण गरेपछि हामीमध्ये जो पनि हुन सक्छाैं । हामी सामूहिक निर्णय गर्छौं ।
म सकेसम्म संयोजन गर्छु । तर हिजो किसुनजी, गणेशमान र गिरिजाबाबुको हात मिलाए जस्तो समूह छैन अहिले । उनीहरु वास्तविक नेता थिए । उनीहरुलाई हामीले पितातुल्य रुपले सम्मान गथ्र्यौं ।
उहाँहरु धरहराको व्यक्तित्व हुनुहुन्थ्यो भने हामी पुड्के थियौं । तर अहिले जति छन्, हामी सबै समकालीन हौं । नीतिमा मिल्नुपर्छ । विचारमा मिल्नुपर्छ । प्रस्तावना मिल्नुपर्छ । व्यवस्थापनमा मिल्नुपर्छ । जोसँग पनि मिल्न तयार छु म त ।
म सबैको जिम्मा लिन त सक्दिन । तर कांग्रेस सुधारवादीहरुलाई मिलाउँछु । यो मेरो आश्वासन मात्रै होइन, विश्वास र प्रतिबद्धता पनि हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।