इजरायलमा बेपत्ता विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको छ : परराष्ट्र मन्त्रालय

 मंसिर ४, २०८० सोमबार ८:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार विपिन गाजाको अस्पतालमा सकुशल रहेका जानकारी इजरायल सरकारले त्यहाँ रहेको नेपाली दूतावासलाई दिएको छ । विपिन अस्पतालमा रहेको सूचना प्राप्त भए पनि अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको र सम्पर्क गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

विपिन सकुशल हुनुहुन्छ भन्ने सुखद खबर मात्रै अहिलेलाई प्राप्त भएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् । तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उहाँका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए । परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताउनुभएको छ ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ४ जना विद्यार्थी घाइते भएका थिए । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया