बाघको आक्रमणबाट मकवानपुरमा एक जनाको ज्यान गयाे

 मंसिर ८, २०८० शुक्रबार १३:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – बाघकाे आक्रमणबाट मकवानपुरको मनहरीमा एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा चितवनकाे राप्ति नगरपालिका–१ दुबीचौरका ४३ वर्षीय हरि पौडेल रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार मनहरी गाउँपालिका–६ खयरघारी गाउँदेखि झन्डै दुई किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्रअन्तर्गत दोभानमा खर काट्न आएका पौडेललाई आज शुक्रवार बिहान बाघले आक्रमण गरेको हो ।

घटनाकाे अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीको टोली खटिएको डीएसपी भण्डारीले बताउनुभयाे ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया