राष्ट्र निर्माणमा एकताको खाँचो छ – नेता खनाल

 कात्तिक २२, २०७५ बिहिबार १२:५४:५० | रासस
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका(नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षकाबीच एकता र सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले उहाँको निवासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेता खनालले नागरिकको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनिकरण गर्न आवश्यक रहेको बताउँदै विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनपर्ने बताउनुभयो । 

देशको विकास तथा आर्थिक समृद्धि नागरिकको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पाटीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, 'नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ, समूहको एकताबाट नै समाज पनि विकास हुन्छ, एक व्यक्ति सर्वज्ञ हुँदैन ।’ 

नेता खनालले पार्टीको एकीकरणमा ढिदाई भएको स्वीकार्दै त्यस विषयमा निर्णय लिन सचिवालय बैठक अब चाँडो बस्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया