भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन ‘आदित्य एल वन’ गन्तव्यमा पुग्यो

 पुस २१, २०८० शनिबार १७:५०:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साविकको ट्वीटर अर्थात सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराउनुभएको हो । उहाँले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताउनुभएको छ ।

चार महिनाअघि अर्थात् गएको सेप्टेम्बर २ मा प्रक्षेपण गरिएको आदित्य–एल वान् पृथ्वीबाट झण्डै १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एल वान् पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । त्यहाँ रहेको वस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन् । आफू अडिने स्थानमा पुगेको आदित्य–एल वानले अब पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ । यो बिन्दुबाट सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ । 

आदित्यले गर्ने सूर्यको अवलोकन र अध्ययनबाट वैज्ञानिक बुझाइ अझै परिष्कृत हुने र सौर्यमण्डलमा सूर्यको भूमिका बारेको बुझाइ पनि सुदृढ हुने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष एजेन्सीले जनाएको छ । यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया