पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकीदेखि मौसममा सुधार हुने

 माघ २२, २०८० सोमबार ६:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ ।

पश्चिमी वायु सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा कम पानी परेको छ ।

हल्का पानी परेको ठाउँमा हिउँदेबालीलाई फाइदा भएको छ । आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँहरु तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज बेलुकीदेखि पानी पर्ने क्रम हट्दै जाने महाशाखाले जनाएको छ । भोलि र पर्सि पानी पर्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया