मन्त्री ज्वालाकाे चेतावनी : ‘नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ भए सह्य हुँदैन’

 माघ २२, २०८० सोमबार १८:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (सीएससीईसी) लाई पुनः निर्देशन दिनुभएको छ । उहाँले थपिएको समयभित्र काम सम्पन्न नभए अब म्याद नथपिने पनि स्पष्ट पार्नुभएको छ ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार, सडक विभागका महानिर्देशक, सांसद र पालिकाका जनप्रतिनिधिसमेतको बैठकमा मन्त्री ज्वालाले अब कुनै कारणले यो परियोजनामा ढिलाइ भएमा सहन नसक्ने चेतावनी पनि दिनुभयो ।

बैठकको संयोजन गर्नुभएका सांसद विनोद चौधरीले ठेकेदारले हरेक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुनेगरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले नारायणगढ–बुटवल सडक तत्काल मर्मत गरी सहजरूपमा गाडी आवतजावत हुने वातावरण बनाउन पनि माग गर्नुभयो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले आउँदो फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजार क्षेत्रमा कालोपत्र गरिसक्ने जानकारी दिएका छन् । पटक पटक म्याद थपेर नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का सम्झौतालाई आउँदो सेप्टेम्बर महिनासम्म पुर्‍याइएको छ । तर थपिएको यो मितिमा पनि काम सम्पन्न हुने सम्भावना छैन । सडक बेहाल हुँदा स्थानीयवासी र यात्रु हैरान भएका छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया