'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ ।
मेयर शाहको कार्यकक्षमा हिजो बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको नेतृत्व हुनेछ । यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्नेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरले निःशुल्क उपचारसम्बन्धी कार्यविधि २०८० जारी गरिसकेको छ ।
सेवा दिन र लिन सहज होस् भनेर समिति गठन गरेको भन्दै शाहले महानगरले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीले सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्ने बताउनुभयो । प्रयोगमा आइसकेपछि प्रणालीको सबल र दुर्बल पक्ष थाहा हुने र सुधार गर्न सहज हुने उहाँको भनाइ छ ।
निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरले ‘फ्रीहेल्थ डट काठमाण्डौ डट जीओभी डट एनपी) वेब ठेगानामा प्रणाली विकास गरेको छ । यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड सङ्ख्या कति छ, कति वटा खाली छन् भन्ने देखाउँछ । यस्तै कुन रोगको कति जनाले उपचार गराए, को कहिले भर्ना भए, कहिले डिस्चार्ज भए भन्ने विवरण उपलब्ध हुनेछ ।
सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका सिफारिसका आधारमा सेवा उपलब्ध हुने र यो सेवा देशभरिका नागरिकका लागि भएको महानगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।