'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
चितवन – चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ ।
बाग्मती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने बताउनुभएको हो । यस्तै उहाँले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रङ्गशालामा बजेट पार्ने विश्वास दिलाउनुभयो ।
देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भन्नुभयो, ‘रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।