म्याद गुज्रेका खाद्य सामग्रीमा नयाँ मिति राखेर बेच्ने ललितपुरकाे मिनाक्षी खाद्य उद्याेगमा 'सिल'

 माघ २३, २०८० मंगलबार १८:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ ।

म्याद गुज्रेका विभिन्न खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुशी बजारमा बिक्री/वितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम गरेको पाएपछि विभागले उद्योगमा सिल गरेको हो ।

अनुगमनका क्रममा उद्याेगले मिति मेट्न प्रयोग गरिने स्प्रिट, मिति पुनर्लेखन गर्ने मेशिन र म्याद गुज्रेका फार्म सिटी ब्रान्डका कर्नफ्लेक्स, ओट्सलगायत खाद्यवस्तु राखेकाे थियाे । साथै बादशाह ब्रान्डकाे मिति सकिएका र नसकिएका मसाला एकै ठाउँमा राखेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उद्योगमा स्थानीय जनप्रतिनिधिको रोहबरमा र विभागको अनुसन्धान टोलीले सिल गरेको हो । उद्योगका सञ्चालकलाई विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको पनि प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया