'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
साेलुखुम्बु – सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटोबाट सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ । हिजो बेलुकी नचिनेको मानिसले फालेको चुरोटको ठुटोबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल मिश्रका अनुसार चुरोटको ठुटो भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । ढुङ्गा माटोले बनेको र टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको इन्स्पेक्टर मिश्रले बताउनुभयो ।
यसैबीच आगलागी भएपछि हाम फालेर भाग्ने क्रममा त्यही घरमा कोठा भाडामा लिएर बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते हुनुभएको छ । घाइते कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।