सुनको भाउ बढ्यो, तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ

 माघ २४, २०८० बुधबार १३:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज छ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८०

तपाईको प्रतिक्रिया