ललितपुरकाे मानसिक अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको उद्घाटन

 माघ २५, २०८० बिहीबार १७:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको लगनखेलमा रहेको मानसिक अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको उद्घाटन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज मानसिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुभयो । मन्त्री बस्नेतले नेपालमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको कमीले युवाहरूमा मानसिक रोग बढिरहेको भन्दै यसको उपचार देशभरि नै विस्तार गर्न मन्त्रालय लागिपरेको बताउनुभयो ।

बाल श्रमको क्षेत्रमा काम गरिरहेको संस्था सिबिन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले किशोरकिशोरीहरूको मानसिक समस्या बुझ्ने पर्याप्त निकायहरू नभएको बेला मानसिक स्वास्थ्य इकाइ स्थापनाले सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लगनखेल अस्पताल र सिबिन नेपालको साझेदारीमा स्थापना भएको यो इकाइले किशोरकिशोरीहरूको बढ्दो मानसिक स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

इकाइमा ६ वटा सामान्य र ६ वटा अर्धसामान्य गरी १२ वटा शय्या छन् । अर्धसामान्य शय्यामा आत्महत्यालगायत गम्भीर मानसिक समस्या बिमारीको उपचार गरिने र सामान्य शय्यामा रिसाउने, झर्किने, झगडा गर्नेलगायत सामान्य बिरामीको उपचार गरिने डाक्टरले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया