वडाबाटै भत्ता लिन पाएपछि ज्येष्ठ नागरिक खुशी

 माघ २९, २०८० सोमबार ११:४३:४२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो भएको गुनासो बढेपछि वडा कार्यालयबाटै भत्ता दिन थालिएको वडा अध्यक्ष गोपाल खनालले बताउनुभयो ।

वडा कार्यालयमै बैंकका कर्मचारीबाट भत्ता बुझ्न पाएपछि स्थानीय वृद्धवृद्धाहरु खुशी भएका छन् । गाडी चढेर घण्टौँ लाइनमा बसेर बैंकमा पुगेर भत्ता बुझ्ने परिपाटीको अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सेवा पाएपछि सजिलो भएको वृद्धवृद्धाहरुले बताएका छन् । वडा कार्यालयबाट २ सय जनाभन्दा बढीले भत्ता बुझ्ने गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया