त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न नेदरल्यान्ड्स र नामिबिया खेल्दै

 फागुन २०, २०८० आइतबार ७:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज नेदरल्यान्ड्स र नामिबिया खेल्दैछन् । खेल बिहान साढे ११ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ । आजको खेल हेर्न टिकट शुल्क लाग्ने छैन । आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ ।

आज नेदरल्यान्ड्सले जितेमा फाइनलमा पुग्नेछ तर नामिबियालाई फाइनलमा पुग्न आज सामान्य जितले मात्रै पुग्ने अवस्था छैन । नामिबियाले ठूलो अन्तरले जितेमा नेदरल्याण्डस् रनरेटका आधारमा बाहिरिन्छ । हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ ।

शुरुको दुई खेलमा लगातार हारेको नेपाल पछिल्ला दुई खेल जितेर फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान ४ अङ्क रहेको नेदरल्यान्ड्स पहिलो र नामिबिया २ अङकसहित तेस्रो स्थानमा छ । फाइनल खेल पर्सि मंगलवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया