नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स फाइनलमा, उपाधिका लागि पर्सि नेपालसँग खेल्ने

 फागुन २०, २०८० आइतबार १४:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडे ।

टस हारेर ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न शुरु भएको थियो । त्यसपछि थप खेल हुन नसकेपछि दुवै टाेलीले अङ्क बाँडे ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुग्यो । अब नेदरल्यान्ड्सले फाइनलमा पर्सि नेपालसँग खेल्नेछ । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबियाले ४ खेलमा ३ अङ्क जोड्यो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया