शेयर बजार ५८ अङ्कले बढेर २१ सय विन्दुमाथि, ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार

 फागुन २९, २०८० मंगलबार १५:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जालपा सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन हिमालयन बैंकको म्युचल फन्ड (८०–२०) भने साढे दुई प्रतिशतले घटेको छ ।

आज एक करोड छ लाख कित्ता शेयर चार अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया