शेयर बजार १७ अंकले घट्यो

 चैत १२, २०८० सोमबार १५:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । यसअघि गएको मंगलवारदेखि बिहीवारसम्म लगातार घटेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन पनि घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव शून्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्डबाहेकका समूहको शेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो ।

समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्बोतम सिमेन्टको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ७० लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया