उज्यालोकर्मी अधिकारीसहित तीन पत्रकार पुरस्कृत

 मंसिर २५, २०७५ मंगलबार १९:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङका उज्यालोकर्मी सीताराम अधिकारीसहित तीनजना पत्रकार मंगलबार पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ धादिङको २० औँ साधारणसभाको अवसरमा विकास पत्रकारिता पुरस्कार २०७४ बाट उज्यालोकर्मी अधिकारीलाई सूचना संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले नगद र सम्मानपत्र प्रदान गर्नुभएको हो ।

त्यसैगरी पत्रकार पोषनाथ अधिकारीलाई विकास पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि दश–दश हजारको रहेको छ । जिल्लाको विकासका लागि दुई दशकभन्दादेखि विकास पत्रकारिता गरिरहेकोले पुरस्कार प्रदान गरिएको हो ।

शालिकराम वर्मा स्मृत पत्रकारिता पुरस्कारबाट पत्रकार राजेन्द्र प्रताप शाहलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि ५ हजार रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया