सामसुङको फोन बिग्रिएपछि अमिताभले गरे ट्वीट, साओमीले भन्यो, ‘नयाँ पठाइदिउँ ?’

 मंसिर २९, २०७५ शनिबार १५:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका महानायक अमिताभ बच्चनको सामसुङको एस  ९ मोबाइलमा खराबी आयो । उनले सामसुङको कम्पनीसँग मद्दतका लागि अपील गर्दैे ट्वीट लेखे । 

उनले ट्वीट गर्दै आफ्नो फोनको खराबीको मद्दत गर्न भनेका थिए । अमिताभले ट्वीट गरेको केही मिनेटमै शाओमीका वीपी मनुकुमार जैनले अमिताभ ट्वीटमा एउटा मिठो जवाफ दिए ।

 

उनले अमिताभको ट्वीटको रिप्लाई दिँदै लेखे, ‘अमितजी, अब तपाईंको पुरानो फोन पालेर नयाँ फोन खरिद गर्ने समय भैसकेको छ । यदी तपाईंलाई जरुरी भए हामीलाई खुशी मिल्छ तपाईंलाई एउटा फोन दिँदा ।’

 

तर वीपीको जवाफ दिँदै अमिताभले अर्को ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मेरो फोन अब ठिक भएको छ । सामसुङले केही मिनेटमा नै मेरो फोन ठिक गरिदिएको छ तर मेरो लागि यो रात धेरै मुश्किल बित्यो किनकी मेरो फोन पूर्ण रुपमा बिग्रिएको थियो ।’


 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया