राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
क्रिष्टियानो रोनाल्डोको एकमात्र गोल निर्णायक बन्दा युभेन्टसले इटालियन सिरिएमा टोरिनोलाई हराएको छ । टोरिनोको मैदानमा भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा गोल गरेका थिए ।
७०औं मिनेटमा टोरिनोका गोलकिपरले मारियो मान्जुकिचलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे ।
सिरिएमा अहिलेसम्म एउटा पनि खेल नहारेको युभेन्टसले यो जीतसँगै ११ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको नेपोलीको ३५ अंक छ । टोरिनो भने २२ अंक सहित छैटौं स्थानमा छ ।