नेपाल इञ्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी

 पुस २, २०७५ सोमबार २०:६:४३ | रासस
unn.prixa.net

काठमाडौँ – नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको चुनावमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् ।

यहाँ साेमबार सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८ सय ९९ मत ल्याई प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य विजयी हुनुभएको छ । साेमबार सम्पन्न मतगणनामा उहाँले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

प्रधानले चार हजार ४ सय ८६ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६ सय ३४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार ६ सय ११ मत प्राप्त गर्नुभयो ।

महासचिवमा छविराज पोखरेल विजयी हुनुभएको छ । पोखरेलले चार हजार ८ सय ४५ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४ सय १७ मत प्राप्त गर्नुभयो । यसैगरी उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७ सय ६८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४ सय १० मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २ सय २७ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २ सय ५७ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६ सय ५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५ सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिनुभयो ।

सदस्यमा प्रगतिशील समूहका चार सदस्य विजयी हुनुभयो । उहाँहरुमा छवि अधिकारी, प्रताप सापकोटा, दिलिपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा हुनुहुन्छ । 
यस्तै लोकतान्त्रिक समूहका सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी हुनुभएको छ ।

एशोसिएशनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन गएकाे शुक्रबार काठमाडौँलगायत सात वटै प्रदेशमा भएको थियो । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा भएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया