राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
नयाँ दिल्ली - भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ ।
करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाँउ दुवै देशको सिमानामा पर्दछ ।
स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोरसम्वन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा सुरु भएको हो ।
दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसार भन्ने ठाउँमा पुगेका थिए ।
'करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यहीअनुसार छलफल हुनेछ', विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भन्नुभयो ।
शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५०औ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्धेश्यले बैठक सुरु भएको अधिकारीहरुले बताएका छन् ।
पुलवामामा भएकाे आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका प्रतिनिधिबीच पहिलाे पटक वार्ता हुँदैछ । करतारपुर करिडाेरकै विषयमा कुराकानी भए पनि यसले दुई छिमेकी देशबीचकाे सम्बन्धमा केही मात्रामा भए पनि सुधार हुने अपेक्षा गरिएकाे छ ।