नतिजा खारेजको माग गर्दै त्रिवि सेवा आयोगमा अखिल क्रान्तिकारीले लगायो ताला

 बैशाख ३०, २०७६ सोमबार १८:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भनसुनका आधारमा कर्मचारी नियुक्त गरिएको भन्दै मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेको छ ।

आयोगको नजिता खारेज गर्न माग गर्दै उनीहरुले आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो । आयोगमा उत्तीर्ण भएका कर्मचारीको अन्तर्वार्ता चलिरहेकै अवस्थामा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारी काठमाण्डौका अध्यक्ष संघर्ष दाहालले जानकारी दिनुभयो । 

प्रकाशित नतिजा खारेज गर्न, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाइ निलम्बनको माग गरेर तालाबन्दी गरिएको माग पूरा नहुन्जेल ताला नखोल्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया