नगरपालिकाको गाडीमा बम विस्फोट

 असोज ३, २०७६ शुक्रबार ११:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर  – षडानन्द नगरपालिकाको कार्यालय परिसर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान नगरपालिका परिसरमा नै राखिएको गाडी लक्षित गरी प्रेसर कुकर बम विस्फोट भएको हो ।

शुक्रबार बिहान तीन बजेतिर नगरपालिकाको कुकुर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगरले बताउनुभयो । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।

‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी मगरले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया