पापांकुशा एकादशी मनाइँदै

 असोज २२, २०७६ बुधबार ७:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशभर पापांकुशा एकादशी मनाइँदै छ ।

दशैँको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको आफ्नै विशेष महत्व छ । आजको दिन बिहानै उठेर नुहाइ-धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ । पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ ।

आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ ।

दशैँमा काटमार गरिने र त्यसकै सेरेफेराेमा पर्ने हुनाले बाेलीचालीकाे भाषामा मानिसहरुले पापकुंशा एकादशीलाई ‘गिद्दे एकादशी’ पनि भन्ने गर्दछन् ।

आज सुन, तिल, जौ, अन्न, भूमी, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्गलोक प्राप्त हुने विश्वास रहिआएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया