डेभिड बेकह्याम बने फुटबल क्लबको मालिक

 भदौ २१, २०७५ बिहिबार ८:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् ।

उनले नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् । अमेरिकाको मेजर सकर लिग एमएलएस खेल्न उनले सार्वजनिक गरेको क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी अर्थात इन्टर मायमी सीएफ राखिएको जनाइएको छ । 

बेकह्यामको क्लबले सन् २०२० बाट एमएलएस खेल्ने छ । इंग्ल्याण्डका सफल कप्तान समेत रहेका बेकह्यामले क्लब फुटबलमा रियल मड्रिड, म्यानचेस्टर युनाईटेड, एसी मिलान र पीएसजीमा  खेलेका थिए ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया