श्रीलंका एसिया कपबाट बाहिरियो, अफगानिस्तान सेमिफाइनलमा

 असोज २, २०७५ मंगलबार ७:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटमा पाँच पटकको च्याम्पियन श्रीलंकाले दोस्रो हार ब्यहोरेको छ । साेमबार राति भएको खेलमा कान्छो टेस्ट राष्ट्र अफगानिस्तानसँग ९१ रनले पराजित भएसँगै श्रीलंका एसिया कपको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ । 

पहिलो खेलमा बंगलादेशसँग १३७ रनले पराजित भएको थियो । साेमबार रातिको खेलमा टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानले २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.२ ओभरमा अल आउट हुँदै १५८ रनमा समेटिएको थियो ।

श्रीलंकाका थिसेरा परेराले आफ्नो वान डे करियरमा चौथो पटक पाँच या यो भन्दा अधिक विकेट लिन सफल भए पनि अफगानिस्तानका माथिल्लो क्रमका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनले सम्मानजनक स्कोर खडा गरेको थियो । अफगानिस्तानका लागि रहमत साहले ७२, इसानुल्लाह जनातले ४५, हशमतुल्लाह शाहिदीले ३७ तथा मोहम्मद शहजादे ३४ रनको पारी खेलेका थिए ।

३ विकेट गुमाएर १९० रन बनाएको अफगनिस्तानले बाँकी ५९ रन जोड्दा बचेका ७ विकेट पनि गुमाएको थियो । श्रीलंकाका थिसेर परेराले ५५ रन दिएर ५ विकेट  लिएपछि खेलमा फर्किएको थियो । यस्तै अकिला धनञ्जयले २ विकेट लिए । श्रीलंकाका उपुल थरंगाले ३६ तथा  थिसेर परेराले २८ रन बनाएका थिए ।

अफगानिस्तानका रासिद खान, मुजीबउर रहेमान, मोहम्मद नावी र गुलाबदिन नहिबले समान २–२ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया