‘श्रमाधान रोजगार मेला’ : धनगढीमा आज सकिँदै, भोलि र पर्सि ललितपुरमा

 जेठ २८, २०८१ सोमबार ७:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको धनगढीमा हिजोदेखि शुरु भएको ‘श्रमाधान रोजगार मेला’ आज सकिँदैछ ।

मेलाले रोजगारीका अवसर सृजना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने विश्वास छ ।

मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवम् आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन भएको छ ।

सरकारले गएको १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा मेला भइसकेको छ । भोलि र पर्सि बाग्मती प्रदेशको ललितपुरमा मेला भएसँगै श्रमाधान रोजगार मेला समापन हुनेछ ।

तपाईको प्रतिक्रिया