भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

 जेठ ३०, २०८१ बुधबार १२:४१:२७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पार्श्वचित्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा धेरै ७६ दशमलव १२ प्रतिशत पुरुष रहेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया