साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । हिजो गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले यस्तो आग्रह गर्नुभएको हो ।
यस्तै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही ज्यान गुमाएका एवम् घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।
सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिनुभयो । कतारी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।