एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाण्डौ – नेपाली दूतावास बैङ्ककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नजान आग्रह गरेको छ ।
दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै प्रलोभनमा नपर्न आग्रह गरेको छ । दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगेर गैरकानूनी काम गर्न बाध्य पारिएका र त्यहाँबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा नेपाल फर्काएको छ ।
सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा नजान दूतावासले सबैमा अनुरोध गरेको छ ।