चितवनको नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी छोड्न थाल्यो

 माघ ९, २०८१ बुधबार ९:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराउन थालेको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो । किसानको मागअनुसार पानी छोडिएको उहाँले बताउनुभयो । गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेको आयोजनाका सूचना अधिकारी चालिसेले बताउनुभयो ।

आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ । विशेष गरी धान रोप्नका लागि पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उहाँले बताउनुभयो ।

चैत र वैशाख महिनामा नारायणीमा पानी कम भए केही समस्या हुने तर अरु बेलामा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताउनुभयो ।

अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भइरहेको उहाँको भनाइ छ । नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका–१ नारायणी नदीबाट पम्पमार्फत् पानी तानेर महानगरका विभिन्न वडामा सिँचाइ हुँदै आएको छ ।     
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया