चीनमा मानिसहरूको भीडमा कार गुडाएर ३५ जनाको ज्यान लिने चालकलाई मृत्युदण्ड

 माघ ७, २०८१ सोमबार १५:१५:४१ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

चीनले मानिसहरूको भीडमा कार गुडाएर ३५ जनाकाे ज्यान लिने चालकलाई मृत्युदण्ड दिएको छ । दक्षिणी चीनको एक रङ्गशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूमाथि कार गुडाएका चालकलाई मृत्युदण्ड दिइएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको नोभेम्बर ११ मा ६२ वर्षीय फान वेइकिउले झुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार गुडाउँदा ३५ जनाको ज्यान गएको थियो भने दर्जनौंभन्दा धेरै व्यक्ति घाइते भएका थिए ।

यसलाई चीनमा भएको एक दशकको सबैभन्दा घातक आक्रमण मानिन्छ । ती चालकको सम्बन्धविच्छेद भएको र सम्पत्तिको बाँडफाँटको विषयमा लामो समयदेखि विवाद रहेको खुलेको थियो ।

अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको एक महिनाभन्दा कम समयपछि आज मृत्युदण्ड दिइएको खबरमा उल्लेख छ । फानलाई सार्वजनिक सुरक्षालाई खतरामा पार्ने काम गरेकोमा दोषी पाइएको थियो, अदालतले उनको उद्देश्यलाई ‘अत्यन्तै घिनलाग्दो’ र ‘विशेषगरी क्रूर’ गतिविधिका रूपमा व्याख्या गरेको थियो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया