कोरियन भाषाको नतिजा सार्वजनिक, कोटाभन्दा ९ सय बढी पास (नतिजासहित)

 असार १५, २०७५ शुक्रबार १३:१:४९ | उज्यालो सहकर्मी

काठमाडौं – कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

इपिएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । सन् २०१९ का लागि कोरिया शाखाले जेठ २६ र २७ गते परीक्षा लिएको थियो ।

 परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले यो वर्षका लागि ७ हजार १ सय नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । तर त्यो भन्दा ८ सय ८६ जना बढी पास भएका छन् ।  कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्रतर्फ ५ हजार २८ जना पास भएका छन्।

हेर्नुहाेस् नतिजा

तपाईको प्रतिक्रिया